काठमाडौँ– पछिल्लो १० वर्षको अवधिमा ६ लाख ३९ हजार बढी विद्यार्थी पढ्नका लागि विदेश पुगेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७१–०७२ देखि २०८०–०८१ सम्ममा ६ लाख ३९ हजार १४८ वटा एनओसी जारी भएको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ।
पछिल्ला तीन वर्षमा भने एक लाख भन्दा बढीको हाराहारीमा एनओसी जारी भएका छन्। विगतका वर्षहरूमा २८ हजारदेखि ६३ हजारको हाराहारीमा एनओसीहरू जारी हुने गरेका थिए। तर, आर्थिक वर्ष २०७८–०७९ देखि २०८०–०८१ मा भने हरेक वर्ष एक लाख बढीले विदेशमा अध्ययन गर्न जान एनओसी लिएको देखिन्छ।
आर्थिक वर्ष २०७७–०७८ मा २८ हजार ८८३ जनाले एनओसी लिकमा थिए। त्यसपछि आर्थिक वर्ष २०७८–०७९ मा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका थिए।
त्यस्तै आर्थिक वर्ष २०७९–८० मा एक लाख १० हजार २१७ जनाले र गत आर्थिक वर्षमा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका हुन्।