प्रतिनिधिसभा बैठक बस्दै,यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-06-28
  • 03:34:24
  • शनिबार,आषाढ १३, २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

    काठमाडौँ–  सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज (आइतबार) दिउसो १ बजे बस्ने तय भएको छ । बैठक संसद् भवन नयाँबानेश्नरमा बस्ने छ ।

    आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्ययोजना रहेको छ ।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

    साथै गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन( विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    साथै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ुमोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।