धनगढीमा रहेको चैतन्य पाठशालाको २४औं वार्षिकोत्सवको तयारी भोलि हुने तयरी भएको छ । “ज्ञानको उत्सव, सहृदयताको सम्मान” भन्ने मूल भावका साथ शिक्षा र संस्कारको सङ्गम चैतन्य पाठशालाको २४औं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। भोलि अर्थात २०८१ फाल्गुन ०३ गतेका दिन पाठशालामा वार्षिकोत्सव भव्यरूपमा आयोजना हुने भएको हो।
वार्षिकोत्सवको अवसरमा मानव जीवनका बहुआयामिक पक्षहरूमा सकारात्मक योगदान पुर्याउनु हुने करिब २०० भन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिने उक्त समारोहमा आदर्श अभिभावक, आदर्श शिक्षक, आदर्श विद्यार्थी सम्मान पनि गरिने पाठशालाले जनाएको छ।
यसतै वार्षिकोत्सवको अवसरमा शिक्षा साधना सम्मान अन्तरगत नगद २५००० राशी सहित सम्मान गरिने छ भने, चैतन्य बिशिष्ट खेलकुद प्रतिभा सम्मान अन्तरगत नगद ५०,००० सहितको खेलकुद प्रतिभा पुरस्कार बितरण हुने भएको छ। वार्षिकोत्सवकै अवसरमा कला–संस्कृति तथा साहित्य साधना पुरस्कार रू २५००० नगद प्रदान गरिन लागेको छ।
भोलि नै विभिन्न विधामा सर्वोत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र छात्रवृति घोषणा गरिनेछ। सोही अवसरमा सामुदायिक दुईवटा विद्यालयहरूलाई ल्यापटप समेत वितरण गरिनेछ।
चैतन्य पाठशालाले स्थापना काल देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत अनुसार सामाजका विविध क्षेत्रमा सेवा गर्दै आइरहेको छ।(हिजो) बिहीबार) वार्षिकोत्सवको पूर्व सन्ध्यामा रक्तदान, सम्पदा सरसफाइ तथा निःशुल्क स्वास्थ्य परीक्षण (आँखा, दाँत तथा अन्य स्वास्थ्य जाँच) सम्पन्न गरिएको थियो।
भोलि वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूको प्रतिभा प्रस्तुति, वाल कलाकारहरूको प्रस्तुति, अभिभावक, शिक्षकहरूको प्रस्तुति पनि रहने छ।
चैतन्य पाठशालाले यस्ता सामाजिक कार्यहरू विभिन्न अवसरमा आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थी र समुदायमा सकारात्मक भाव विकास हुने विश्वास रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको भनाइ रहेको छ। कार्यक्रमको सफल आयोजनाका लागि सबै अभिभावक, शिक्षाविद, सामाजिक नेतृत्वहरूलाई पाठशालाको वार्षिकोत्सवमा आत्मिय आमन्त्रण गरिएको प्रधानाध्यापक कटकबहादुर सिंहले जानकरि दिए।