एमाले निकट कर्मचारीको निर्वाचन तालिका सार्वजनिक, मतदान ११ बजेपछि - Chaitanya News
  • 2026-06-08
  • 13:09:51
  • सोमबार,जेठ २५, २०८३
  • एमाले निकट कर्मचारीको निर्वाचन तालिका सार्वजनिक, मतदान ११ बजेपछि

    एमाले निकट कर्मचारीको निर्वाचन तालिका सार्वजनिक, मतदान ११ बजेपछि

    काठमाडौँ– नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। संगठनको नयाँ कार्यसमिति चयनका लागि आज (शुक्रबार) निर्वाचन प्रक्रिया सुरु भएको हो । यस्तै निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ।

    आयोग अध्यक्ष बाबुराम थापाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार शुक्रबार राति ११ बजेपछि मतदान सुरु हुने छ ।

    सहमतिबाट कार्यसमिति चुन्ने कि निर्वाचनबाट भन्नेमा बहस भइरहेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।

    संगठनको अध्यक्षमा रेवन्त गौतम र भवानी दाहालले दाबी गरेका छन् । गौतम समर्थक निर्वाचनबाट कार्यसमिति चयन गर्नुपर्ने पक्षमा र दाहाल समर्थक सहमतिमा कार्यसमिति घोषणा गर्नुपर्ने पक्षमा छन् । यसमा सहमति नजुट्दा संगठनको महाधिवेशन एक दिन लम्बिसकेको छ ।

    सार्वजनिक निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दिने समय ३ देखि ५ बजेसम्म तोकिएको छ। त्यस्तै उम्मेदवारको पहिलो नामावली प्रकाशन साँझ ६ देखि ७ र उजुरी दिने समय ७ देखि साढे सात रहेको छ। त्यस्तै उम्मेदवारी फिर्ता लिने समय साढे सातदेखि राति १० बजेसम्म रहेको छ।

    निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन फागुन ३० गतेदेखि १ गतेसम्म गर्ने तालिका थियो।

    तर अधिकांश प्रतिनिधिहरू निर्वाचनमा जानुपर्ने पक्षमा उभिएपछि सहमति जुट्न सकेन। त्यसैले महाधिवेशन लम्बिएकाले आजबाट बबरमहलको कार्की ब्यांक्वेटमा निर्वाचन कार्यक्रम सुरु गरिएको छ।

    संगठनको नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेमन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुने बताइएको छ ।