विरोध गरेर अध्यादेश पारित हुनबाट नराोकीने महासचिव पोखरेलको दाबी - Chaitanya News
  • 2026-06-28
  • 03:34:11
  • शनिबार,आषाढ १३, २०८३
  • विरोध गरेर अध्यादेश पारित हुनबाट नराोकीने महासचिव पोखरेलको दाबी

    विरोध गरेर अध्यादेश पारित हुनबाट नराोकीने महासचिव पोखरेलको दाबी

    काठमाडौँ–  नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन्।आज (शुक्रबार) एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशीलता आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका हुन ।

    यस्तै उनले सरकारले देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसाबले अध्यादेश ल्याएको समेत बताए।

    अध्यादेशको विरोध भयो भन्दैमा सबै प्रयास असफल हुन्छ भन्ने नठान्नुहोला महासचिव पोखरेलले भने । प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको हो। त्यसैले हामी जसरी पनि टुङ्ग्याउँछौँ त्यो रोकिने वाला छै । अनेक विकल्पहरू छन्।’

    महासचिव पोखरेलले अध्यादेश आफैँमा कानुन भएको बताए । कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताए।

    महासचिव पोखरेलले सरकारले आइसिटी बाहेक अरू कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको समेत बताए ।