चैतन्य पाठशालाद्वारा वार्षिकोत्सव २०७१ को पूर्वसन्ध्यामा आयोजित सामाजिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। कार्यक्रम हिजो(बिहीबार) साझ सम्पन्न भएको हो ।
कार्यक्रमअन्तर्गत रक्तदान, सम्पदा सरसफाइ तथा निःशुल्क स्वास्थ्य परीक्षण (आँखा, दाँत तथा अन्य स्वास्थ्य जाँच) सम्पन्न गरिएको थियो। स्थानीय समुदाय, विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई प्रभावकारी बनाएको आयोजकले जनाएको छ।
![]()
रक्तदान कार्यक्रममा थुप्रै रक्तदाताहरूले रक्तदान गरेका थिए भने सम्पदा सरसफाइ कार्यक्रममा विद्यालय वरपरका क्षेत्र सफा गरिएको थियो। त्यस्तै, स्वास्थ्य परीक्षण कार्यक्रममा धेरै व्यक्तिहरूले निःशुल्क सेवा प्राप्त गरेका थिए।
![]()
चैतन्य पाठशालाले यस्ता सामाजिक कार्यहरू बेलाबेलामा आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थी र समुदायमा सचेतना फैलाउने विश्वास रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेशराज जोशीको भनाइ रहेको छ। कार्यक्रमको सफल आयोजनाका लागि सबै सहभागीलाई धन्यवाद दिँदै पाठशालाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहको प्रतिबद्धता रहेको छ ।
हेनूहोस् फोटोहरु:
![]()