कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने - Chaitanya News
  • 2026-07-17
  • 04:19:02
  • बिहिबार,आषाढ ३२, २०८३
  • कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने

    कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने

    काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले आगामी कक्षा १२ को परिक्षा तालिका सार्वजनिक गरेको छ । १२ को परिक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ।

    वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिने बोर्डले जनाएको छ।

    परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो।

    परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ।

    बोर्डले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को परीक्षा गर्न लागिको हो। कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख गरेको थियो। सोही आधारमा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो। बोर्डले माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थियो।