शक्तिशाली राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको पर्यटन मन्त्री पाण्डेको आरोप - Chaitanya News
  • 2026-11-14
  • 11:37:52
  • शनिबार,कार्तिक २९, २०८३
  • शक्तिशाली राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको पर्यटन मन्त्री पाण्डेको आरोप

    शक्तिशाली राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको पर्यटन मन्त्री पाण्डेको आरोप

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको बताएका छन् ।

    आज (बिहीबार) काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरूले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन्।

    यस्तै उनले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशको सन्तुलन बिग्रिएको उनको भनाइ थियो।

    ‘शक्तिशाली राष्ट्रहरूले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरू खडा भएको छ।’

    कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रूपमा अगाडि सार्न सकिने पनि बताए।

    ‘कर्णाली नदीलाई एउटा महत्त्वपूर्ण सम्भावना बोकेको नदीको रूपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरूबाट मात्रै विद्युत् उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मूल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहन वा खण्डित गर्ने भन्ने एउटा छलफल सुरु भएको छ,’ मन्त्री पाण्डेले भने।

    अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल सुरु भएको भन्दै उनले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताए।

    ‘यो छलफललाई हामीले गम्भीरताका साथ अगाडि लिएर जानुपर्छ भन्ने लाग्छ मलाई, अहिले संसार भरी नै चलेको बहस भनेकै त्यही हो,’ उनले भने।