काठमाडौँ– आज (बिहीबार) संघीय संसद्अन्तर्गत दुई वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ।
जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ ।
मध्याह्न १२ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।