निजामती सेवा विधेयकको दफा ५ पास, अब ११ वटा सेवा समूह रहने - Chaitanya News
  • 2026-06-08
  • 13:09:51
  • सोमबार,जेठ २५, २०८३
  • निजामती सेवा विधेयकको दफा ५ पास, अब ११ वटा सेवा समूह रहने

    निजामती सेवा विधेयकको दफा ५ पास, अब ११ वटा सेवा समूह रहने

    काठमाडौं– संघीय निजामती सेवामा हाल  १० वटा समूह रहेका छन् भने, अब बाट ११ वटा सेवा समूह रहने भएको छन्। नेपाल सूचना प्राविधि सेवा समूह थप गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित विधेयकको दफा ५ पास गरेको हो।

    सांसदहरूले संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवाभित्र नै राख्नुपर्ने प्रस्ताव राखेका थिए। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले दुवै विशिष्टकृत सेवा रहेकोले छुट्टै एन अन्तर्गत राखिएको तर्क गरेका थिए।

    संसद्को स्वायत्तता समेतलाई ख्याल गरेर संसद सेवा छुट्टै राखिएको तर्क गरे। त्यसपछि समिति सभापति रामहरि खतिवडाले स्वास्थ्य सेवा र संसद सेवाबारे पुनः छलफल गर्नेगरी दफा ५ पास सर्वसम्मत रुपमा पास भएको घोषणा गरे।

    पास भएको दफा अनुसार निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा,नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा रहनेछ।

    नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवा पनि निजामती सेवा अन्तर्गत नै रहनेछ।

    दफा १, ३ र ४ यसअघि नै समितिले पास गरिसकेको छ। प्रस्तावित विधेयकमा १४७ वटा दफा छन्। बुधबार समितिले एउटा दफा मात्रै पास गर्न सकेको हो।