आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि - Chaitanya News
  • 2026-06-28
  • 17:57:37
  • आइतबार,आषाढ १४, २०८३
  • आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

    आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

    काठमाडौँ– आज तीन संसदीय समितिहरूको बैठक बस्दैछन्।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल हुनेछ।

    यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहान ११ बजे बस्नेछ। बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।