प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-06-28
  • 17:57:31
  • आइतबार,आषाढ १४, २०८३
  • प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

    प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– संघीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा स्नेछ।

    प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    यस्तै, भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, २०८१ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।