काठमाडौँ– आज पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ। यी तीन प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। हुस्सु कुहिरो र हिमपातका कारण पर्न सक्ने असरप्रति सचेतना अपनाउन महाशाखाले सुझाव दिएको छ।