काठमाडौँ– आज (सोमबार) दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन्। र सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।