शिक्षा मन्त्रालय दियो १५ लाख विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति - Chaitanya News
  • 2026-06-30
  • 18:31:29
  • मंगलबार,आषाढ १६, २०८३
  • शिक्षा मन्त्रालय दियो १५ लाख विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति

    शिक्षा मन्त्रालय दियो १५ लाख विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति

    काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले द्यार्थीलाई दिइएको छात्रवृत्तिको विवरण सार्वजनिक गरेको छ। आज (आइतबार) मन्त्रालयले चालु आर्थिक वर्षमा आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति दिएको हो। जसअन्तर्गत आवासीय छात्रवृत्ति १२ हजार ६५ विद्यार्थीलाई ६० करोड ३२ लाख दिइएको छ।

    अपांगता भएका, मुक्त कमलरी, सीमान्तकृत समुदाय, सडक बालबालिका, एचआइभी प्रभावित, वादी समुदायका विद्यार्थीलाई वार्षिक ५० हजारको दरले दिइएको हो।

    गैरआवासीय छात्रवृत्ति १५ लाख ४० हजार विद्यार्थीलाई ६२ करोड ७० लाख दिइएको मन्त्रालयले जनाएको छ। कर्णाली प्याकेज अन्तर्गत कक्षा १–५ मा अध्ययनरत बालिकालाई वार्षिक एक हजार रुपैयाँ दिइएको हो।

    दलित छात्रवृत्तिमा कक्षा १–५ का ५ लाख ५२ हजार विद्यार्थीलाई २१ करोड दिइएको छ। विपन्न लक्षित छात्रवृत्ति ६० करोड दिइएको मन्त्रालयले जनाएको छ। कक्षा ११–१२ विज्ञान विषयमा वार्षिक २४ हजार र अन्य विषयमा वार्षिक १८ हजार र कक्षा ६(१० का लागि वार्षिक ६ हजार दिइएको छ।

    प्राविधिक शिक्षा छात्रवृत्ति दलित, मुस्लिम, सीमान्तकृत समुदायका लागि ५ करोड ९४ लाख दिइएको छ । यसमा मासिक निर्वाह भत्ता तीन हजार पाँच सय, यातायात खर्च वार्षिक एक हजार पाँच सय, पोसाक भत्ता वार्षिक दुई हजार पाँच सय रहेको छ ।

    उच्च शिक्षा छात्रवृत्तिमा स्नातकरस्नातकोत्तर तहका शहीद, द्वन्द्वपीडित, मुक्त कमलरी, मुस्लिम महिला र अपांगता भएका विद्यार्थीलाई वार्षिक २४ हजार छात्रवृत्ति दिइएको छ।

    आर्थिक रूपले विपन्नका लागि सामान्य विषयमा वार्षिक १५ हजार र प्राविधिक विषयमा २१ हजार दिइएको छ। चिकित्सा शिक्षा छात्रवृत्ति १० हजार ५९४ विद्यार्थीका लागि पाँच अर्ब ११ करोड दिइएको मन्त्रालयले जनाएको छ।