तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि राजनीतिमा आएका होइनौँ : सीके राउत - Chaitanya News
  • 2026-06-28
  • 17:57:38
  • आइतबार,आषाढ १४, २०८३
  • तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि राजनीतिमा आएका होइनौँ : सीके राउत

    तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि राजनीतिमा आएका होइनौँ : सीके राउत

    काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सीके राउतले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताएका छन्।

    आज (आइतबार) नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले तत्काल प्रधानमन्त्री, मन्त्री बन्नका लागि आफूहरू राजनीतिमा नलागेको बताएका हुन्।

    नयाँ पार्टी खोलेको केही समयमै नतिजा खोज्नु गलत रहेको बताउँदै उनले नागरिकले तत्काल नतिजा खोज्ने गरेको भए पनि त्यसका लागि धैर्यता राख्नुपर्ने जिकिर गरे।

    ‘हामी राजनीति गरेको, नयाँ पार्टी खोलेको, नयाँ पार्टी स्थापना गरेको एक वर्ष, दुई वर्ष हुन पाएको हुँदैन, प्रथम महाधिवेशन बल्ल हुँदैछ, हामी के आशा गर्छौँ भने यसले तुरुन्तै देशलाई निकास नै दिन सकेन, यसले खोइ प्रधानमन्त्री बनाउन सकेको रु यसले खोइ संसद्लाई नियन्त्रण गर्न सकेको, यसले खोइ कानुन बनाउन सकेको ?,’ राउतले भने।

    आफू तत्काल प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि नभई विचार स्थापित गरेर देशलाई निकास दिन राजनीतिमा आएको उनले बताए।

    ‘धैर्यता राख्नु आवश्यक छ। जुनसुकै नयाँ पार्टीका कुरामा म भन्न चाहन्छु, त्यो धैर्यता हामी नेतृत्व वर्गमा पनि चाहिन्छ, हामी तुरुन्तै प्रधानमन्त्री बन्न, मन्त्री बन्नका लागि आएका होइन, हामीले विचार स्थापित गरेर देशलाई निकास दिन आएका हौँ। त्यसमा समय लाग्छ। त्यो यत्तिकै रातारात हुने कुरा होइन,’ राउतले भने।