अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली - Chaitanya News
  • 2026-06-28
  • 17:59:21
  • आइतबार,आषाढ १४, २०८३
  • अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

    अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्‍बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला नआएको बताएका छन्।

    आज (आइतबार) संघीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा पत्रकारहरुले सोधेको प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो। संसद् नियमावली अनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ।