एक जना सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको सिफारिस - Chaitanya News
  • 2026-06-08
  • 14:43:19
  • सोमबार,जेठ २५, २०८३
  • एक जना सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको सिफारिस

    एक जना सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको सिफारिस

    काठमाडौँ– एक जना सचिव (विशिष्ट श्रेणी) पदका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम सिफारिस गरेको छ।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा अस्ती (बिहीबार) बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवत्रय बाबुराम अधिकारी, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको छ ।

    सिफारिस गरिएका अधिकारी हाल लुम्बिनी प्रदेश सरकारको कायममुकायम (कामु) प्रमुख सचिवका रूपमा कार्यरत छन्। दोस्रो नम्बरमा सिफारिस गरिएका भुजेल मधेश प्रदेश सरकारको कामु प्रमुख सचिव हुन्, भने तेस्रो नम्बरमा परेकी पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत छिन्।

    उपराष्ट्रपति कार्यालयका सचिव दिनेश भट्टराई अनिवार्य अवकाशमा गएसँगै एक सचिव पद रिक्त भएको थियो। सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले तीमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ। विशेष परिस्थितिमावाहेक सामान्य अवस्थामा पहिलो नम्बरमा सिफारिस गरिएकालाई नै सचिव बढुवा गर्ने प्रचलन रहेको हुँदा लुम्बिनी प्रदेश सरकारका कामु प्रमुख सचिव अधिकारी सचिवमा बढुवा हुने सम्भावना उच्च छ।