सरकार मालिक र नागरिक दास हो ? : अध्यक्ष प्रचण्ड - Chaitanya News
  • 2026-06-28
  • 17:58:18
  • आइतबार,आषाढ १४, २०८३
  • सरकार मालिक र नागरिक दास हो ? : अध्यक्ष प्रचण्ड

    सरकार मालिक र नागरिक दास हो ? : अध्यक्ष प्रचण्ड

    काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार मालिक र नागरिक दास हो भन्दै प्रश्न गरेका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । यस्तै उनले सरकारले निरङ्कुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको समेत बताए । प्रचण्डले सामाजिक सञ्जाल विधेयकको विरोध गरे।

    ‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ। राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ,’ उनले भने।

    प्रचण्डले प्रश्न गरे, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ। सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदै छ, कडा कडा मुद्दा लगाइँदै छ। यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?

    ‘यो के हो ?नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईँहरू? संविधानभन्दा माथि हो ? तपाईँहरू मालिक र नागरिक दास हो ?’ उनले सोधे।