अछाम– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले मुलुकको विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताएका छन्।
आज (बुधबार) नेपाल पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले दुई ठूला पार्टी एमाले र काँग्रेसको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने समेत उल्लेख गरे।
पूर्व गृह मन्त्रीसमेत रहेका उपाध्यक्ष थापाले अछामको समग्र पक्षको विकास गर्न, पूर्वाधार निर्माणलगायत विषयमा यहाँका जनप्रतिनिधिमार्फत आफ्नो पार्टीले आवश्यक समन्वय गर्ने जानकारी दिए।