सामाजिक सञ्जाल विधेयकबारे युवाहरूलाई बोलाएर छलफल गर्न सरकारलाई सुमना श्रेष्ठको सुझाव - Chaitanya News
  • 2026-06-28
  • 17:57:36
  • आइतबार,आषाढ १४, २०८३
  • सामाजिक सञ्जाल विधेयकबारे युवाहरूलाई बोलाएर छलफल गर्न सरकारलाई सुमना श्रेष्ठको सुझाव

    सामाजिक सञ्जाल विधेयकबारे युवाहरूलाई बोलाएर छलफल गर्न सरकारलाई सुमना श्रेष्ठको सुझाव

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संसद्‌मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन्।

    आज (बिहीबार)को प्रतिनिधिसभा बैठक बोल्दै उनले यस्तो बताएकी हुन् ।

    ‘हिजोबाट सामाजिक सञ्जालमा प्रोस्टेट सुरु भएको छ। सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज सुरु भएको छ,’ बैठकमा उनले भनिन्, ‘यो आवाजलाई सरकारले सुन्छ ? यो आवाज उठाउँदै गर्दा सरकारको ध्यानाकर्षण गराउँछु।

    उनले युवाहरूलाई बोलाएर विधेयकबारे थप छलफल गर्न सुझाव पनि दिएकी छिन्।