काठमाडौँ– संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने तय भएको छ। जसअनुसार संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक र दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो।
आजको प्रतिनिधि सभाको बैठकमा समितिको प्रतिवेदन, मूल्यांकन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची रहेको छ।
त्यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्नेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० सदनमा पेस गर्नेछन् भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक वर्ष २०८१–०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन पेस गर्नेछन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भने “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
![]()