काठमाडौँ– काठमाडौंको कृत्रिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० शृङ्खलामा आज नेदरल्याण्डस र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
खेल मध्यान्ह सवा १२ देखि शुरु हुने छ। जारी सिरिजमा अहिलेसम्म थाइल्याण्डले खेलेका ४ खेलमा चारै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेको छ।
त्यस्तै, नेदरल्याण्डसले भने अहिलेसम्म खेलेका ५ मध्ये ३ खेलमा जित हासिल गरेको छ र ६ अंकसहित दोस्रो स्थानमा रहेको छ। यो खेल थाइल्याण्डले जितेमा त्रिकोणात्मक सिरिजको उपाधि जित्ने छ भने नेदरल्याण्डसले जितेमा उसको सम्भावना कायम रहने छ।