बुटवल– लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको आठौँ बैठक आज दिउसो एक बजे बस्ने बस्ने तय भएको छ। दिउसो एक बजे बस्ने बैठकका लागि प्रदेश सभा सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
कार्यसूची अनुसार आजको बैठकलाई विपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्दै छन्।
यस्तै बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरेका उल्लेखनीय प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन, २०७९–०८० सभामा पेस गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।