चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-06-28
  • 19:49:52
  • आइतबार,आषाढ १४, २०८३
  • चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज पनि चार संसदीय समितिहरूको बैठक बस्ने भएको छ।

    जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकायसँग छलफल गर्ने कार्यसूची छ।

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो साढे १२ बजे बस्नेछ। बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ।

    यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ।

    सोही बैठकपछि दिउँसो १ बजे नै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ। बैठकमा निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणा प्रस्तुत र छलफल गर्ने कार्यसूची रहेको छ।