नेता, भू–माफिया र दलालहरूले जनताको पसिना चुसे : अध्यक्ष प्रचण्ड - Chaitanya News
  • 2026-06-28
  • 19:49:07
  • आइतबार,आषाढ १४, २०८३
  • नेता, भू–माफिया र दलालहरूले जनताको पसिना चुसे : अध्यक्ष प्रचण्ड

    नेता, भू–माफिया र दलालहरूले जनताको पसिना चुसे : अध्यक्ष प्रचण्ड

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता, भू–माफिया र दलालहरूले जनताको पसिना चुसेको आरोप लगाएका छन् । आज (मंगलबार) म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् । यस्तै उनले आफू दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुँदा गरिबी र भ्रष्टाचारमा मुछिएकाहरूबारे राम्रोसँग अनुभव गर्न पाएको समेत बताए।

    उनले राजनीतिक दलका नेता, भू(माफिया र दलालहरूले देशको सुशासनविरुद्ध खेलिरहेको थाहा पाएको बताए।

    मैले दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुँदा नेपाल र नेपाली जनतालाई गरिबी र भ्रष्टाचारमा राख्ने को हुन भन्ने बुझेँ, देखेँ,’ प्रचण्डले भने, ‘यीनीहरूविरुद्ध एउटा नयाँ आन्दोलन मैले छेड्नैपर्छ। हजारौँ नयाँ बेपत्ताहरूको सपना, समाजमा भएका विभेद र विकृतिविरुद्ध, सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मैले नलडे कसले लड्छ भन्ने लाग्यो।

    त्यसपछि आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा नेपाल र नेपालीका लागि सकिने जति गरेको बताए।

    ‘नेपालको स्वतन्त्र परराष्ट्र नीति अन्तर्गत दुईवटा ठूला छिमेकीसँग राम्रो सम्बन्ध बनाएर नेपाल र नेपालीका लागि के गर्न सकिन्छ भनेर आफूले सकेजति गरेँ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘पहिलो पटक भारतको प्रधानमन्त्रीले आफ्नै मुखबाट सिमानाको समस्या संवादबाट हल गर्छौँ भनेर पहिलो पटक भन्नुभयो। आफैंमा यो एउटा इतिहास हो।

    उनले अघि भनेका छन्, ‘जति दिन सिंहदरबारमा रहन्छु, एउटा रेकर्ड बनाउने मेरो प्रयास हुनेछ भनेको थिएँ। त्यसको निम्ति सबैभन्दा ठूलो कुरा यो देशलाई सधैँ पछि पार्ने विडम्बना भनेको, विकृति भनेको भ्रष्टाचार नै हो। भ्रष्टाचारमा राजनीतिक दलका नेता पनि राम्रैसँग मुछिने गरेको, भू–माफिया र दलालहरूले त जनताको पसिना नराम्रोसँग चुस्ने गरेको रहेछ।

    आफू भारत भ्रमणका बेलामा एकैचोटी ८ वटा परम्परागत सम्झौतामा हस्ताक्षर गरेको उनले जिकिर गरे।