मुख्य प्रतिस्पर्धीसँग सहकार्य गर्दा केही असहमति हुन सक्छन्, समाधान गरेर अघि बढ्नुपर्छ : सभापति देउवा - Chaitanya News
  • 2026-06-28
  • 19:49:05
  • आइतबार,आषाढ १४, २०८३
  • मुख्य प्रतिस्पर्धीसँग सहकार्य गर्दा केही असहमति हुन सक्छन्, समाधान गरेर अघि बढ्नुपर्छ : सभापति देउवा

    मुख्य प्रतिस्पर्धीसँग सहकार्य गर्दा केही असहमति हुन सक्छन्, समाधान गरेर अघि बढ्नुपर्छ : सभापति देउवा

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजनीतिक स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिलेको बताएका छन्।

    आज (मंगलबार) ७७ जिल्ला पार्टी सभापतिहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले अहिलेको संविधान अनुसार एउटा पार्टीको बहुमत आउन नसक्ने भए पनि कुनै न कुनै दलसँग मिल्नुपर्ने समेत बताए।

    उनले भने, ‘राजनीतिक स्थायित्वका लागि अहिले मुख्य प्रतिस्पर्धी पार्टीहरू मिलेर सरकार बनाएका छौँ। कहिले कसको कहिले कसको सरकार हुँदा कुनैले काम गर्न सक्दैन। यो सरकारको स्थायित्व स्पष्ट छ। पहिला पनि प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका पार्टी हौँ। ओलीसँग हामी सँगै जेल पनि बसेका हौँ। उहाँ लामो समय जेल बस्नुभएको हो।

    उनले मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाएको भएकाले केही समस्या आउन सक्ने भएकाले समाधान गरेर अघि बढ्नुपर्ने बताए।

    उनले थपे, ‘मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेको हुनाले केही असहमति आउन सक्छन्। केही समस्या आउन सक्छन्। त्यो समस्या समाधान गर्नुपर्ने आवश्यक छ । स्थिरता भयो भने नेपालको विकास अझै हुनसक्छ। अहिले हुनुपर्ने जति विकास हुन सकेको छैन।