दुई सय दिनमा शहरी विकास मन्त्रालयको पुँजीगत खर्च १२ प्रतिशत - Chaitanya News
  • 2026-06-30
  • 16:43:49
  • मंगलबार,आषाढ १६, २०८३
  • दुई सय दिनमा शहरी विकास मन्त्रालयको पुँजीगत खर्च १२ प्रतिशत

    दुई सय दिनमा शहरी विकास मन्त्रालयको पुँजीगत खर्च १२ प्रतिशत

    काठमाडौँ– शहरी विकास मन्त्रालयले दुई सय दिनमा १९.४७ प्रतिशत चालु खर्च गरेको छ । यसैगरि पुँजीगत तर्फको खर्च १२.२२ प्रतिशत गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको दुई सय दिन (२०८१ माघ १७ गतेसम्म) को प्रगति विवरण अनुसार यस्तो पाइएको हो।

    चालु आर्थिक वर्ष २०८१–८२ मा शहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ हो। जसमध्ये संघ तर्फको बजेट हाल ६८ अर्ब २४ करोड २८ लाख १८ हजार रुपैयाँ रहेको छ। सङ्घतर्फको कुल बजेटमध्ये चालु तर्फ ४ अर्ब ४५ करोड ८३ लाख २ हजार र पुँजीगत तर्फ ६३ अर्ब ७८ करोड ४५ लाख १६ हजार विनियोजित छ।

    साथै समग्रमा यस मन्त्रालयको वित्तीय खर्च जम्मा ८ अर्ब ६६ करोड ८ लाख २८ हजार अर्थात १२.६९ प्रतिशत रहेको छ।