तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि - Chaitanya News
  • 2026-06-28
  • 19:48:51
  • आइतबार,आषाढ १४, २०८३
  • तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

    तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

    काठमाडौँ– आज ( मंगलबार) तीन संसदीय समितिहरूको बैठक बस्दैछन् ।

    जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याका विषयमा प्रदेश सरकारका मन्त्रीहरूसँग छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    विधायन व्यवस्थापन समितिको बैठक साढे १२ बजे बस्नेछ। बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ। यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।