वामदेव गौतमले भने: नेपालमा समाजवाद ल्याउन नसकिए मलाई मृत्युदण्ड दिइयोस् - Chaitanya News
  • 2026-06-29
  • 07:02:58
  • सोमबार,आषाढ १५, २०८३
  • वामदेव गौतमले भने: नेपालमा समाजवाद ल्याउन नसकिए मलाई मृत्युदण्ड दिइयोस्

    वामदेव गौतमले भने: नेपालमा समाजवाद ल्याउन नसकिए मलाई मृत्युदण्ड दिइयोस्

    काठमाडौँ– राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्ने माग गरेका छन्।

    आज (आइतबार) राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । यस्तै उनले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको समेत बताए।

    गौतमले भने, ‘समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहन्छु। यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस्। वर्ष तोकेर समाजवाद निर्माण गर्न सकिएन भने मलाई फाँसीमा चढाए हुन्छ।

    गौतमले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबी समेत गरे। वर्षमा १४ खर्ब रुपैयाँ खर्च गरेर समाजवाद ल्याउने आधार आफूसँग रहेको उनको भनाइ थियो। उनले पुँजीवाद अब यहाँभन्दा अगाडि नजाने भन्दै पुँजीवादबाटै नेपालमा समाजवाद आउने बताए।