Chaitanyakhabar
काठमाडौँ– आज दिउँसो सवा १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। साथै विविध विषयमा सदस्यहरूले राय राख्ने कार्यसूचीमा उल्लेख छ।
जनउत्तरदायी शासन र नवप्रवर्तन
बालेनको भाषणभन्दा न्यूयोर्कमा खनालको ‘कूटनीतिक दौड’ : १० दिनमा दर्जनौँ भेटवार्ता, तीन देशसँग सम्बन्ध र चार सम्झौता
निजामती विधेयकदेखि स्वास्थ्य अनुदानसम्म, मन्त्रिपरिषद्का यस्ता छन् मुख्य निर्णय
संघीय निजामती विधेयक अब संसद्मा, १४८ दफामाथि लोक सेवा आयोगको परामर्श
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: वर्तमान विश्वमा नवप्रवर्तन (Innovation) राष्ट्रको समृद्धि, प्रतिस्पर्धा र सेवा प्रणालीको कुशलताको मूल आधार बनेको छ। विज्ञान र प्रविधिपछि नवप्रवर्तनलाई सबैभन्दा खोजिएको र कार्यान्वयनमा ल्याइएको अवधारणा मानिन्छ। नवप्रवर्तन मात्र प्रविधिमा सीमित नभई, सोच, कार्यशैली, नीति निर्माण र सेवा प्रवाहमा समेत क्रान्ति ल्याउने शक्ति हो। यो मानवीय सृजनशीलताको न हो, जसले समस्याको…
काठमाडौँ– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्वको चर्चा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनबाट सुरु भए पनि महासभाको पूरै अवधिमा नेपालको कूटनीतिक उपस्थिति भने परराष्ट्रमन्त्री शिशिर खनालका भेटवार्ता, बहुपक्षीय छलफल र सम्झौताले धानेको देखिएको छ। प्रधानमन्त्री शाह महासभालाई सम्बोधन गरेर छोटो समयमै स्वदेश फर्किएपछि उच्चस्तरीय साइडलाइन भेटवार्ता र बहुपक्षीय मञ्चमा नेपालको उपस्थिति कमजोर भएको भन्दै प्रश्न उठिरहेका…
काठमाडौँ– सरकारले स्वास्थ्य क्षेत्रका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्नेदेखि संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णयसम्म गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। उनका…
काठमाडौँ– सरकारले प्राविधिकतर्फ रिक्त सचिव पदमा वरिष्ठ सहसचिव जगदीश्वर कर्माचार्यलाई बढुवा गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सचिव बढुवा सिफारिस समितिको पहिलो नम्बरको सिफारिसअनुसार कर्माचार्यलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। प्राविधिकतर्फ रिक्त एक सचिव पदका लागि सिफारिस समितिले कर्माचार्यसहित तीन वरिष्ठ सहसचिवको नाम मन्त्रिपरिषद्मा पठाएको थियो। समितिको सिफारिसमा कर्माचार्य पहिलो, नवीनराज…
काठमाडौँ– सहसचिव आभा श्रेष्ठ कर्ण सचिवमा बढुवा भएकी छन् । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई नेपाल प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि कर्णसहित तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो। समितिले योग्यताक्रममा आभा श्रेष्ठ कर्णलाई पहिलो, चक्रबहादुर…
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव योगेन्द्र पाण्डेले निजामती सेवाबाट राजीनामा दिएका छन्। पाण्डेको राजीनामा भोलिदेखि लागू हुने बताइएको छ। नियमित अवकाशका लागि उनको करिब डेढ वर्ष सेवा अवधि बाँकी रहेको बताइएको छ । संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’सँग सम्बन्धित व्यवस्थालाई लिएर कर्मचारी वृत्तमा बहस र चासो…