त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा आज नेपाल नेदरल्याण्ड्ससँग भिड्दै - Chaitanya News
  • 2026-09-28
  • 22:13:02
  • सोमबार,आश्विन १२, २०८३
  • त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा आज नेपाल नेदरल्याण्ड्ससँग भिड्दै

    त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा आज नेपाल नेदरल्याण्ड्ससँग भिड्दै

    काठमाडौँ– त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–२० अन्तराष्ट्रिय शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्सबीच भिड्न्त हुने भएको छ ।

    खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो।

    शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो।