मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा विधेयक सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस - Chaitanya News
  • 2026-11-17
  • 13:32:36
  • मंगलबार,मंसिर ०२, २०८३
  • मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा विधेयक सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

    मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा विधेयक सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

    काठमाडौँ– राष्ट्रिय सभाको आज शुक्रबार)को बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ।

    राष्ट्रिय सभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयक पेस गरेकी हुन्।

    विधेयक पेस गर्दै सभापति दाहालले पत्रकारिता क्षेत्रमा पेसागत आचारसंहिता कायम गर्ने लक्ष्य रहेको उल्लेख गरिन्।

    नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदनले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत वातावरण संरक्षण र ऊर्जा प्रवर्द्धनबाट दिगो विकासको लक्ष्य हासिल गर्ने लक्ष्य लिइएको उनको भनाइ थियो।