चलनचल्तीमा आएका काण्डहरूबारे एक–एक गरेर छानबिन समिति गठन गर्न स्वर्णिम वाग्लेको माग - Chaitanya News
  • 2026-06-29
  • 07:04:36
  • सोमबार,आषाढ १५, २०८३
  • चलनचल्तीमा आएका काण्डहरूबारे एक–एक गरेर छानबिन समिति गठन गर्न स्वर्णिम वाग्लेको माग

    चलनचल्तीमा आएका काण्डहरूबारे एक–एक गरेर छानबिन समिति गठन गर्न स्वर्णिम वाग्लेको माग

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको बताएका छन्।

    आज (शुक्रबार) प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले लामिछानेमाथि सहकारी ठगी कसुरबाट सुरु भएको मुद्दा कहाँ पुर्‍याइयो भन्ने प्रश्नसमेत गरेका छन्।

    कुनै पनि सहकारीबाट रकम झिक्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता छैन तर आइसकेको रकम एउटा निजी कम्पनीमा आएपछि उनको जे दायित्व देखिन्छ मौजुदा कानुनअनुसार अघि बढाऊ भनेर संसदीय छानबिन समितिले भनेको छ,’ उनले भने, ‘सहकारी ठगी कसुरबाट सुरु भएको मुद्दा कहाँ पुर्‍याउनुभयो तपाईँहरूले ? संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा। अरूका लागि खनेको खाल्डोमा आफै पर्छु कि जस्तो सांसदहरूलाई लाग्छ कि लाग्दैन ?’

    उनले जाँचबुझ आयोग ऐन २०२६ अनुसार पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी राजकीय पद धारण गरेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताए।

    चलनचल्तीमा आएका काण्डहरूबारे एक(एक गरेर छानबिन समिति गठनको माग पार्टीले गर्ने उनले बताए। ‘भुटानीदेखि कम्बोडियासम्म, बालुवाटारदेखि गिरीबन्धुसम्मको छिनोफानो गर्नुपर्ने हुन्छ,’ उनले भने।

    सरकार सात महिनासम्म रवि लामिछानेमाथि खनिएको र ऐतिहासिक समय गुमाएको पनि उनले बताए।