प्रधानमन्त्री ओलीले भने: बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ - Chaitanya News
  • 2026-06-29
  • 07:04:37
  • सोमबार,आषाढ १५, २०८३
  • प्रधानमन्त्री ओलीले भने: बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ

    प्रधानमन्त्री ओलीले भने: बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताएका छन्।

    आज (शुक्रबार) प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले भने, “गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता(पत्ता खेलिरहने विद्रुप स्थितिमा अब रोक लागेको छ।

    प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गरे।