०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने काँग्रेसको प्रस्ताव - Chaitanya News
  • 2026-06-29
  • 07:02:58
  • सोमबार,आषाढ १५, २०८३
  • ०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने काँग्रेसको प्रस्ताव

    ०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने काँग्रेसको प्रस्ताव

    काठमाडौँ– नेपाली काँग्रेसका केही नेताहरूले २०८४ पछाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

    आज (शुक्रबार)नयाँ बानेश्वरमा बसेको दलको संसदीय दलको कार्यालयमा डा।शशांक कोइराला, डा. नारायण खड्का लगायतले यस्तो प्रस्ताव गरेका हुन्।

    डा.शशांक, डा. नारायण खड्काले पार्टीको महाधिवेशन पछि गर्दा हुन्छ। ०८४ पछाडि गर्दा पनि हुन्छ भनेर राख्नुभयो’, एक नेताले जानकारी दिए।

    काँग्रेस संसदीय दलको बैठकमा स्थानीय चुनाव संघीय चुनाव भन्दा पछाडि गर्नुपर्ने र यसका लागि आवश्यक परे संविधानमै लेख्नुपर्ने पनि काँग्रेस नेताहरूले जोड दिएका छन्।