कस्तो रहला आज देशभरको मौसम ? - Chaitanya News
  • 2026-07-17
  • 03:58:57
  • बिहिबार,आषाढ ३२, २०८३
  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ– आज देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस्तै तराईका धेरै स्थानमा हुस्सु लागेको।

    विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

    त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।

    विभागले शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।