सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने माओवादी केन्द्रको निर्णय - Chaitanya News
  • 2026-06-28
  • 21:42:52
  • आइतबार,आषाढ १४, २०८३
  • सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने माओवादी केन्द्रको निर्णय

    सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौँ– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ।

    आज (बिहीबार) बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेश अस्वीकार गर्ने सूचना संसद्लाई दिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए।

    अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने गरी आएन, प्रक्रिया नै बेठिक छ’, पाण्डेले भने, ‘६ वटा अध्यादेशबाट ३१ वटा कानुन संशोधन गर्ने सरकारको तयारी छ। समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना दर्ता गर्नुपर्छ भन्ने निर्णय भएको छ।

    उनले भने,‘ संसद् अधिवेशनलाई थप प्रभावकारी र व्यवस्थित कसरी बनाउने, माओवादीको तर्फबाट जनताका आवाज कसरी उठाउने र विपक्षी दललाई साथ लिनुपर्ने जिम्मेवारी छ। साथै बैठकले सरकार जनसरोकारका मुद्दामा चिन्तित नभएकाले जनताका मुद्दा उठाउने निर्णय गरेको पाण्डेले जानकारी दिए।