पक्राउ परे माया हत्याका अभियुक्त सशस्त्र प्रहरी जवान - Chaitanya News
  • 2026-04-23
  • 12:20:16
  • बिहिबार,बैशाख १०, २०८३
  • पक्राउ परे माया हत्याका अभियुक्त सशस्त्र प्रहरी जवान

    पक्राउ परे माया हत्याका अभियुक्त सशस्त्र प्रहरी जवान

    काठमाडौ – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन्। उनी कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हुन्।

    कञ्चनपुर प्रहरीको सहयोगमा आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

    पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए। त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।

    मंगलबार साँझ हत्या गरिए पनि बुधबार दिउँसो १ बजेपछि मात्र घटना सार्वजनिक भएको थियो।