राजतन्त्र फालेर गणतन्त्र ल्याउनेहरू नै सत्तामा पुगेपछि देश डुबाउने हरकतमा लागेका छन् : डा बाबुराम भट्टराई - Chaitanya News
  • 2026-06-28
  • 21:43:18
  • आइतबार,आषाढ १४, २०८३
  • राजतन्त्र फालेर गणतन्त्र ल्याउनेहरू नै सत्तामा पुगेपछि देश डुबाउने हरकतमा लागेका छन् : डा बाबुराम भट्टराई

    राजतन्त्र फालेर गणतन्त्र ल्याउनेहरू नै सत्तामा पुगेपछि देश डुबाउने हरकतमा लागेका छन् : डा बाबुराम भट्टराई

    काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्रलाई फ्यकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू नै सत्तामा गएपछि देशलाई डुबाउने हरकतमा लागेको आरोप लगाएका छन्।

    आज (बुधबार) काठमाडौँमा आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले अहिले राजनीतिक परिवर्तन पछिको आर्थिक युग रहेको भन्दै व्यवस्थाभित्र रहेका कमी कमजोरीहरू पत्ता लगाएर देशलाई समृद्ध बनाउने तर्फ केन्द्रित हुनुपर्ने समेत बताए ।

    उनले भने, ‘जसले हामी खुकुरी हान्दा पनि नडगमगाई आन्दोलनमा गइयो, हिजोको राजतन्त्रलाई फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू हौँ हामी। तर तिनै मानिस सत्तामा जाँदा उही हर्कत गर्ने ? भ्रष्टाचार गर्ने ?अनेक काण्ड गरेर देशलाई डुबाउने ? हामी फेरी परिवर्तन ल्याउँछौँ। राजनीतिक परिवर्तन पछिको आर्थिक युग जुन छ त्यसको हामीले शक्ति आर्जन गरेर यो व्यवस्थाभित्र रहेका जुन कमी कमजोरीहरू छन् सुशासनको कुरामा केन्द्रीय भएर हाम्रै जीवनकालमा यो देशलाई समृद्ध बनाउँछौ।

    त्यस्तै उनले समाजवादी विद्यार्थी युनियनलाई अरू पुराना पार्टीको जस्तो झोले बनाएर ठाडो आदेश नगर्ने बताए। विद्यार्थी संगठनलाई कुनै पनि किसिमको हस्तक्षेप नगरी स्वायत्तता बनाउने उनले प्रतिबद्धता जनाए।

    उनले भने, ‘हामीले अरू पुराना पार्टीको जस्तो झोले बनाएर र पूरै ठाडो आदेश गर्ने विद्यार्थी सम्मेलनमा पनि कसैको आदेश हुन्छ ? हामीले सुनिरहेको हुन्छौ। सबैभन्दा क्रान्तिकारी भनिएको हाम्रो साथीहरूको पनि कहिले पानी खन्याइदिने कसैलाई जलाइदिने गरेर आफ्नै मान्छे राख्ने खराब प्रवृत्ति एक तर्फ छ भने हामी त्यसरी हस्तक्षेप गर्दैनौ। हाम्रो विद्यार्थी संगठन स्वायत्तता हुन्छन्। विधानमा मै लेखेको छौँ।

    राजनीतिक स्थिरता भयो, प्रत्यक्ष निर्वाचन प्रणालीबाट पाँच वर्ष प्रत्यक्ष रूपमा सरकार चलाउन पाइयो भने २० वर्षभित्र नेपाललाई अहिलेको गरिबीको अवस्थाबाट समृद्धिको अवस्थामा पुर्‍याउन सकिने उनको भनाई छ।