राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने - Chaitanya News
  • 2026-06-28
  • 21:43:41
  • आइतबार,आषाढ १४, २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको अध्यादेशको अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। आज (बुधबार) केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले संसद छलेर ल्याएकाले अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए।

    रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेर प्रतिनिधि सभा नियमावली विपरीत निलम्बन गरेको विषयमा पनि विरोध जनाउने उनले बताए।

    उनले भने, ‘उहाँको सांसद पद निलम्बन भएको छ। त्यो प्रतिनिधि सभाको नियमावली र संविधानसँग मिल्दैन। उहाँलाई अन्य मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको छ। त्यो संविधानको विपरीत छ। हामीले चाँडै न्याय पाउँछौँ। उहाँ चाडै संसद फर्किनुहुन्छ। त्यसैले हामी अहिले दलको उपनेताबाटै कामकारबाही अघि बढाउँछौँ।’

    उनले आजको बैठक पनि उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बसेको बताए।