सरकारी सेवा, अझ त्यसमा पनि निजामती सेवामा प्रवेश गर्ने प्रत्येक व्यक्तिको सपना हुन्छ। पछिल्लो समय युवाहरुमा लोकसेवा आयोग प्रतिको भरोसा, विश्वासा बढीरहेको छ ।दूर दराजमा रहेका युवाहरुको समेत एकमात्रै रोजाई लोकसेवा बनेको छ । सरकारी जागिर खाने चाहानालाई साकार पार्न हजारौं परिक्षार्थीहरु परिक्षामा सामिल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परिक्षार्थीहरुले यो कठिन झमेलामा फस्न चाहादैनन् तर, कुनै असफल परिक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र पढीरहन्छन्, परिक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासील गरिछाड्छन् । त्यसो भए लोकसेवा परिक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले भरखरै शाखा अधिकृतमा सिफारीस भएका शाखा अधिकृत कुल बहादुर थापासँग गरेको संवादको सम्पादित अंश:
1. तपाईं शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामति सेवामा नाम निकाल्न सपल हुनुभएको छ कस्तो महसुस भइरहेको छ ?
मैले शाखा अधिकृत पास गर्दा एकदमै खुसी अनूभूति भईरहेको छ। सँगसँगै जिम्मेवारी पनि थपिएको महशुस गरेको छु। जति जति माथिल्लो पदमा पुगिन्छ उति उति जिम्मेवारी पनि बढ्दै जान्छ। एउटा पहाड उक्लिएपछिको अर्को त्यो भन्दा अग्लो पहाडतर्फ हिँड्दै गरेको भान भइरहेको छ।
2. यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नुहुन्थ्यो ?
पहिला त लोकसवाको बारेमा तेति बुझेको थिएन् । हावा तालमा पढ्थे । पढ्दै गएपछि पछि बिस्तारै लोकसेवाको बारेका बुझे र त्यहि अनुसार तयारी गरे, हरेक विषयलाई आनन्दसँग पढ्ने गर्थे । बढाईलाई बोझ नसम्झेर रमाइलो तरिकाले पढ्ने गर्थे ।
3. अध्ययनका लागि कति र कुन समय छुट्याउनु हुन्थ्यो ?
कति कुन समय भन्दा पनि मैले छोटो समय भएपनि ध्यान दिएर पढ्थे । कोसहरु एक हप्तामा नै सकाउने गरेको थिए । दिनमा छ–सात घण्टाको समय दैनिक पढ्ने गरेको थिए । विषयको गम्भीरतालाई हेरेर समय छुट्याउन सकिन्छ। आफ्नो क्षमता पनि हेर्नुपर्छ यस्तो कुरामा कसैलाई थोरै समयमा पनि धेरै विषयवस्तुको ज्ञान हुन सक्छ कसैलाई धेरै मेहनत गर्नुपर्ने पनि हुन्छ। समयको विभाजन आफ्नो क्षमता हेरेर गर्न सकिन्छ।
4. लोकसेवा तयारीका क्लास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
लोकसेवा तयारीका दौरानमा लोकसेवा आयोग तयारी कक्षा र पुस्तकले निकै महत्वपूर्ण भूमिका खेल्दछ । सुरुवातमा विषयवस्तुको ज्ञान र पढाईको तरिका थाहा पाउन तयारी कक्षाको महत्वपूर्ण भूमिका हुन्छ। आफ्नो पढाईको स्तर र ज्ञान व्यवस्थापनका लागि तयारी कक्षाका परिक्षाहरू, विज्ञ सरहरूका अनुभवहरू, साथीहरूका कुराहरूले महत्वपूर्ण भूमिका खेल्छन्। परिक्षा लक्षित कतिपय पुस्तकहरू राम्रा पनि छन् कतिपय पुस्तकहरू भने स्तरीय नहुन पनि सक्छन्। पाठ्यक्रमलाई आधार मानि लेखिएमा कतिपय पुस्तकहरूको गुणस्तर भने आफैँले परीक्षण गर्नुपर्छ। गुणस्तरीय पुस्तकहरू तयारीका लागि महत्वपुर्ण हुन्छन्।
5. अध्ययन गर्दा कस्ता खाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ र यहाले कस्ता सामाग्रीलाई प्राथमिकता दिनुहुन्थ्यो ?
पढाईको सिलसिलामा सकेसम्म आधिकारिक पुस्तक, विभिन्न मन्त्रालयका वेभसाईटहरू संवैधानिक आयोग तथा अन्य विषयसँग सम्बन्धित आयोगका वेभसाइटहरू, विज्ञका लेखहरू र पत्रपत्रिकामा आएका समाचार र विचारहरू हेर्ने गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, विश्वव्यापी मूल्य मान्यता लगायतका विषयहरू हेर्नुपर्छ । अहिले लिखित पत्रलाई नै बढी महत्व दिएको हुनाले लिखितको नै अभ्यास बढी गर्नुपर्छ । प्रथम पत्रको हकमा भने दोहोर्याई रहने, समसामयिक गतिविधिमा ध्यान दिने, टिपोट गर्ने निरन्तर अभ्यास गर्ने लगायतका कार्य गर्नुपर्छ ।
6. अहिले लोकसेवा प्रति युवाको आकर्षण कस्तो देख्नु हुन्छ ?
अहिले नेपालमा निजि क्षेहरुमा खासै भविष्य छैन् । केही हदसम्म भएपनि सोचेको जस्तो राम्रो भविष्य भने निजि क्षेत्रमा छैन्। त्यहिभएर अहिले युवाहरुको रोजाई नै लोकसेवा बनेको छ ।
7. अहिले लाखौं युवाहरु विदेशीएका छन्, यहाँको मनमा विदेश जाने सोच आयो की आएन ?
विदेश जाने सोच त आएको थियो । तर, विदेश जानको लागि एप्लाई गर्ने मेरो क्षेमता थिएन् । आर्थिक अबस्था अलि कमजोर थियो। पछि मैले मेहेनत गर्न सक्छु र त्यो मेहेनत लोकसेवा मा नै गर्छु, भन्ने एक खालको सोच आयो, मैले लोकसेवाको तयारी तिर लागे र आज लोकसेवा मार्फत आफ्नो भविष्य बनाउन पनि सफल भए ।
8. अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थिलाई कस्तो शन्देस दिन चाहानु हुन्छ ?
हामी जस्तो मिडियम परिवारका युवाहरुको उत्तम विकल्प भनेकै लोकसेवा हो । अहिले विदेश गएर केही पैसा कमाए पनि त्यसमा जिवनको सुरक्षा हुँदैन, भविष्यको सुरक्षा हुदैन, दाम भएपनि नाम हुदैन । पछि फर्किएर नेपालमा नै आउनु पर्छ । तर लोकसेवाको तयारी गर्यो भने भविष्यको ग्यारेन्टी दिन्छ , जिवन दुवैको सुरक्षा हुन्छ । नाम पनि हुन्छ दाम पनि हुन्छ । लोकसेवा भनेको देशमै बसेर तलव सुबिधा लिएर जनताको सेव गर्न पाउने ठूलो अवसर हो । नेपालमा नै बसेर केहि गर्छु, नेपालमा नै भविष्य छ, मेरो जिविकोपार्जन पनि यहीँबाट गर्छु र लोकसेवाले भविष्यको सुरक्षा गर्छ भन्ने कुरामा चाहीँ युवासाथिहरुले विश्वास गर्न जरुरी छ ।