राज्य व्यवस्था समितिको बैठक स्थगित - Chaitanya News
  • 2026-06-28
  • 23:35:43
  • आइतबार,आषाढ १४, २०८३
  • राज्य व्यवस्था समितिको बैठक स्थगित

    राज्य व्यवस्था समितिको बैठक स्थगित

    काठमाडौँ– प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक लगातार तेस्रो पटक स्थगित भएको छ।

    यही माघ ९ गतेका लागि तय भएको बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता उपस्थित हुन नसक्ने कारण देखाएर स्थगित भएको थियो।

    त्यसपछि सोमबार र मंगलबारका लागि तय भएका दुवै बैठक बस्न सकेनन्।

    संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार गर्ने गरी बोलाएका पछिल्ला तीन वटा बैठक लगातार स्थगित भएका हुन्।