प्रचण्डले भने: माटोको माया नगर्ने प्रवृत्तिले बिदेसिने क्रम बढ्यो - Chaitanya News
  • 2026-06-28
  • 23:36:19
  • आइतबार,आषाढ १४, २०८३
  • प्रचण्डले भने: माटोको माया नगर्ने प्रवृत्तिले बिदेसिने क्रम बढ्यो

    प्रचण्डले भने: माटोको माया नगर्ने प्रवृत्तिले बिदेसिने क्रम बढ्यो

    तेह्रथुम– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माटोको माया नगर्ने प्रवृत्तिले बिदेसिने क्रम बढेको बताएका छन् । आज (सोमबार) तेह्रथुमको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै उनले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसर भन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका हुन् ।

    यस्तै उनले भने, ‘मलाई कता कता आज भोलि देशभक्तिको भावना कमी हुँदै गएको होकी ? आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ। म आम समुदायलाई अपिल गर्न चाहन्छु। हामी हाम्रा छोराछोरीहरूलाई, हाम्रा सन्ततिहरूलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफै धनी, आत्मनिर्भर बन्ने बाटो तर्फ प्रेरित गरौँ। विदेश पठाउन हतार नगरौँ।

    साथै उनले देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहिनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता साहसको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन् भन्ने स्थापित गरेका कारण नेपालीहरूले सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताए।

    उनले भने, ‘हाम्रो देश साधन स्रोत विहीन देश होइन, हाम्रो देश साधन स्रोतले सम्पन्न देश हो। हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहिनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसको दृष्टिकोणले अब्बल छ।

    अध्यक्ष प्रचण्डले आफू भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको जानकारी दिए।