हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार, संसद् सुरु भएकै दिन अध्यादेश पेस गरिने - Chaitanya News
  • 2026-06-28
  • 23:36:33
  • आइतबार,आषाढ १४, २०८३
  • हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार, संसद् सुरु भएकै दिन अध्यादेश पेस गरिने

    हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार, संसद् सुरु भएकै दिन अध्यादेश पेस गरिने

    काठमाडौँ– संघीय संसद् सचिवालयले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ।
    सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार पारिएको हो।

    क्यालेन्डर निर्माणको तयारीका लागि सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल पनि गरेका थिए।

    संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ। सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्‌मा पेस हुनेछन्।

    त्यसपछि अर्को बैठक २२ गते बस्नेछ। सो दिनको बैठकमा पहिलो दिन पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। माघ २३ र २४ गते पनि संसद् बैठक तय भएको छ। २५, २६ र २७ गते भने विभिन्न समितिको बैठक राखिएको छ।

    त्यसपछि माघ २८, २९ र ३० संसद् बैठक बस्नेछ।