काम गर्ने अवसर पाइएन भनेर काँग्रेसले गनगन गर्न मिल्दैन : महामन्त्री थापा - Chaitanya News
  • 2026-06-28
  • 23:36:13
  • आइतबार,आषाढ १४, २०८३
  • काम गर्ने अवसर पाइएन भनेर काँग्रेसले गनगन गर्न मिल्दैन : महामन्त्री थापा

    काम गर्ने अवसर पाइएन भनेर काँग्रेसले गनगन गर्न मिल्दैन : महामन्त्री थापा

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काम गर्नका लागि छोटै अवधि पनि पर्याप्त हुने विभिन्न उदाहरण दिँदै काँग्रेसले काम गर्ने अवसर पाइएन भनेर गनगन गर्न नपाइने बताएका छन्।

    अआज (आइतबार) काठमाडौंमा आज भएको मीनकुमारी राणाको प्रतिमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहमा बोल्दै उनले यसतो बताएका हुन् ।

    काँग्रेस र एमालेले २०८४ को निर्वाचनको चर्चा गर्नै मिल्दैन। त्यहाँसम्म पुग्नका लागि अझै तीन वर्ष छ र काम गर्नका लागि यो अवधि पर्याप्त छ,’ उनले भने, ‘यो अवधिमा काम गर्न सकेनौँ भने अरु कुराको गनगन गर्न पाइँदैन।

    संघ, प्रदेश र तीन सय ३० पालिकामा काँग्रेस सरकारमा रहेको भन्दै उनले ती सरकारलाई प्रभावकारी बनाउनतिर काँग्रेसको ध्यान जानुपर्ने बता।

    यस्तो अवस्थामा पनि केही गर्न नसके आफूहरू हुनुको कुनै अर्थ नहुने उनले बताए। ‘यस्तो बेला पनि काम गर्न सकेनौँ भने हामी हुनुको अर्थ हुँदैन। त्यसैले यो तीन वर्ष हामीले काम गरेर देखाउनुपर्छ।

    उनले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले नेतृत्व गरेका सरकारको अहिले पनि स्मरण हुने गरेको भन्दै ती सबै सरकार छोटो अवधिका मात्र रहेको चर्चा गरेका छन्।