अबदेखि कक्षा १०, ११ र १२ मा भाषा छुट्टै समूहबाट पढ्न पाउने - Chaitanya News
  • 2026-07-17
  • 03:02:23
  • बिहिबार,आषाढ ३२, २०८३
  • अबदेखि कक्षा १०, ११ र १२ मा भाषा छुट्टै समूहबाट पढ्न पाउने

    अबदेखि कक्षा १०, ११ र १२ मा भाषा छुट्टै समूहबाट पढ्न पाउने

    काठमाडौँ– अबदेखि कक्षा १०, ११ र १२ मा पढ्ने विद्यार्थीहरूले भाषाहरू छुट्टै समूहबाट पढ्न पाउने भएका छन्। भाषा र अन्य विषयहरू एउटै समूहमा हुँदा विद्यार्थीहरूले या अन्य विषय पढ्नुपर्ने वा नेपालमा बोलिने भाषा मात्रै पाउने गरेका थिए।

    नेपालमा बोलिने भाषाहरूलाई छुट्टै समूहमा राखेसँगै अब विद्यार्थीहरू भाषा र अन्य विषय पढ्न पाउने भएका हुन्। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाइएको बताए।

    अरू विषय र भाषा विषय एउटै समूहमा हुँदा विद्यार्थीलाई आफ्नो रोजाइको भाषा पढ्न समस्या हुँदै आएको थियो। यस विषयमा विद्यार्थीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई समक्ष समेत गुनासो गरेका थिए। त्यसपछि एउटै समूहमा रहेका भाषा र अन्य विषयको समूह परिमार्जन गरिएको हो।