हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने - Chaitanya News
  • 2026-06-28
  • 23:54:04
  • आइतबार,आषाढ १४, २०८३
  • हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

    हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

    काठमाडौं– हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ।

    उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

    ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्‌मा सम्बोधन गर्नुहुनेछ,’ उनले भने। बर्तौलाले आजै प्रधानमन्त्रीलाई भेटेका थिए। भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएका र यहि कुरा सभामुखलाई आफूले सुनाएको बर्तौलाले जानकारी दिए।

    हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन्।

    त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन्।