शिक्षक सेवा आयोगले गर्‍यो नतिजा प्रकाशन - Chaitanya News
  • 2026-07-17
  • 03:02:24
  • बिहिबार,आषाढ ३२, २०८३
  • शिक्षक सेवा आयोगले गर्‍यो नतिजा प्रकाशन

    शिक्षक सेवा आयोगले गर्‍यो नतिजा प्रकाशन

    काठमाडौँ– शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको ताप्लेजुङ, इलाम र पाँचथर जिल्लाका शिक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ। शिक्षक पदको गत असार २२ गते ((सामान्य) र भदौ २९ गतेको (विषयगत) परीक्षामा सहभागी भएकाहरूको नतिजा प्रकाशित गरिएको आयोगले आइतबार जारी गरेको सूचनामा उल्लेख छ।

    आयोगले सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाएको र विस्तृत विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरिएको सूचनामा उल्लेख गरेको छ।