राजेन्द्र लिङ्देनले गरे भावी कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस - Chaitanya News
  • 2026-06-28
  • 23:53:56
  • आइतबार,आषाढ १४, २०८३
  • राजेन्द्र लिङ्देनले गरे भावी कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस

    राजेन्द्र लिङ्देनले गरे भावी कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उनले आज (शुक्रबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी केन्द्रीय कार्यसमितिको बैठकमा उकत प्रतिवेदन पेस गरेका हुन् ।

    अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    अध्यक्षपछि अहिले अहिले महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयको प्रतिवेदन पेश गरिरहेको उनले बताए।

    प्रतिवेदन पेस भइसकेपछि बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन, सचिवालय सम्बन्धी र पार्टी जीवनका विविध पक्षमा छलफल हुने उनले बताए।